नेपालमा कोरोना भाइरसको दुईवटा नयाँ सब-भेरियन्ट केपी.१’ र ‘केपी.२’ पुष्टि
काठमाडौं:नेपालमा कोरोना भाइरसको दुईवटा नयाँ सब-भेरियन्ट केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।
अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट फेला परेका थिए । ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोनका सवभेरिएन्ट हुन् ।नेपालमा पहिलो पटक माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ जेठ २०७७ मा संक्रमणका कारण मृत्यु भएको थियो ।
सरकारी तथ्यांक अनुसार हालसम्म करिब १२ लाख केस भेटिएका छन् भने १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।ओमिक्रोको सवभेरियन्ट ‘केपी.१’, ‘केपी.२’ कति घातक हुन्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । तर प्रारम्भिक अध्ययनबाट कम घातक मानिए पनि जेष्ठ नागरिक र दीर्घरोगीलाई भने अस्पताललै पुर्याउन सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए । कोरोना भाइसरले समय अनुसार गरेको स्वरुपको परिवर्तनसँगै नेपालमा पनि उक्त सब-भेरियन्ट देखिएको उनी बताउँछन्।
Share on Twitter