स्वास्थ्य मन्त्रालयसँग लेखा समितिले माग्यो महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण
काठमाडौं:प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण माग गरेको छ।
स्वास्थ्य मन्त्रालयसँग कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको समितिका एक सदस्यले जानकारी दिए।
सरकारले कोरोना कालमा आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो। तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो।
Share on Twitter