कोरोना कालमा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मेडिकल काउन्सिलले मान्यता दिने
काठमाडौँ:नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ ।
काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने भएको हो। छ महिना अनलाइनमार्फत् कक्षा लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेकोकाउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले जानकारी दिए ।
उनले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत् कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताए।
Share on Twitter