नेपाललाई युएईसँग रिभेन्ज लिने मौका
काठमाडौं : टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् ।
खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए ।
खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।

यहाँको कन्डिसन अनुसार सुरुको ४–५ ओभरमा महत्वपूर्ण हुन्छ । त्यसको फाइदा उठाउनुपर्छ । कन्डिसन बुझेको भए टस जितेर पहिले बलिङ गर्थे होला । तर उनीहरुले ब्याटिङ रोजेका छन् । त्यसले उनीहरु प्रेसरमा छन् भनेर देखाउँछ ।
एडभान्टेज चाहिँ पहिले बलिङ गर्ने टिमलाई नै हुन्छ । त्यसलाई नेपालले सदुपयोग गर्नुपर्छ ।
ओपनिङ ५ ओभरको स्पेल हाम्रो बलिङको भाइटल हुन्छ । विशेष गरी मोहम्मद वासिमको विकेट भाइटल हुन्छ । मिडल अर्डमा बसिल हमिदको विकेट पनि महत्वपूर्ण । दुवै खेलाडी अहिले लयमा छन् ।
आज दीपेन्द्र नेपालको टिममा फर्किएका छन् । दीपेन्द्र भनेको अहिलेको अवस्थामा सबैभन्दा राम्रो खेलाडी हो । उसलाई राम्रोसँग व्यवस्थापन गरेर खेलाइराछ । यसअघि पनि युएई विरुद्ध उनले राम्रो खेलेका थिए । त्रिकोणात्मक शृखंलाको सबै खेलमा दीपेन्द्रले राम्रो प्रदर्शन गरेका थिए ।

अहिले टिममा भएको खेलाडीमध्ये २०१४ मा टी–२० विश्वकप खेलेका सोमपालले मात्र प्लेइङ ११ मा खेलिराछन् । त्यसअघि विश्वकप छनोट खेलेका सोमपालसँगै विनोद भण्डारी छन् । यो दुई खेलाडी बाहेक अन्य १३ जना खेलाडीको लागि यो महत्वपूर्ण म्याच नै हुन्छ ।
आजको खेल सबैका लागि महत्वपूर्ण हुन्छ । दर्शकको संख्या जति भएपनि धेरै असर नहोला । आज जसले त्यो दबाबलाई राम्रोसँग ह्यान्डल गर्छ, कम गल्ती गर्छ उसको पक्षमा खेल जाने सम्भावना बढी हुन्छ ।
नेपाललाई गत सिजन छनोटमा युएईसँग बेहोरेको हारको घरेलु मैदानमा समर्थकअघि रिभेन्ज लिने मौका पनि छ ।
मुलपानी मैदानमा नेपाल अपराजित छ त्यसको पनि एडभान्टेज हुन्छ ।
Share on Twitter