न्युजेनका खेलाडीले जिते ४ स्वर्णसहित ७ पदक
मलेसियामा भएको सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपालको न्युजेनका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन्।
इन्डिभिजुयल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक जितेका छन्। त्यस्तै स्वमिक महतरा र विष्णु महतराले फेमिली पुम्सेमा स्वर्ण पदक जिते ।
स्वमिक महतरा र रिया अर्यालले इन्डिभिजुयल पुम्सेमा रजत पदक जितेका छन्। त्यस्तै सुप्रेम गुरुङ भर्चुअल तेक्वान्दोमा कास्य पदक जितेको न्युजेनले जानकारी दिएको छ।
प्रतियोगितामा ३० देशका ३ सय ५७ टोलीका २५ हजार भन्दा बढी खेलाडीले भाग लिएका थिए।
Share on Twitter