डि. ए. भी एम. बि.ए कप फुटसल २०२३ सुरु
पहिलाे दिन ६ खेल
काठमाडौं: डि. ए. भी एम बिए कप फुटसल २०२३ को उद्घाटन खेलमा फ्याकल्टी र म्यानेजमेन्ट खेलेका छन् । मैत्रीपूर्ण खेलमा फ्याकल्टी ४—० गोल अन्तरले विजयी भएको छ । पहिलो दिन शुक्रवार ६ खेल भएको क्याम्पस प्रशासनले जनाएको छ ।
यस्तै शुक्रवार नै भएको अर्को खेलमा २०१८ फल विजयी भएको छ । २०२१ स्प्रिङलाई ५—४ गोल अन्तरले पराजित गरेको हो । यस्तै अर्को खेलमा २०२२ स्प्रिङले २०१९ स्प्रिङलाई ६—१ गोल अन्तरले हराएको छ ।
यता २०१७ स्प्रिङ र २०२० स्प्रिङबिचको खेलमा २०१७ स्प्रिङ विजयी भएको छ । २०१७ स्प्रिङ ५—१ गोल अन्तरले विजयी भएको हो । यस्तै अर्को खेलमा २०२१ फलले २०१६ स्प्रिङलाई १—० गोल अन्तरले हराएको छ । यस्तै २०१२ स्प्रिङले २०१९ फललाई २—१ गेलअन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा २०२२ फल भने सिधै दोस्रो चरणमा प्रवेश गरेको छ । डि. ए. भी बिजनेस स्कुलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । खेल भावनाको विकास गर्दै आफ्ना विद्यार्थीहरूबिच आत्मीय सम्बन्ध कायम गर्न प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
प्रतियोगितामा डि.ए.भी बिजनेस स्कुलको पहिलो ब्याचदेखिका विद्यार्थीहरू सहभागी छन् । डि ए भी ले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।





Share on Twitter