एसिया कपमा नेपाल १० विकेटले पराजित
भारत सेमिफाइनलमा
काठमाडौं: नेपाल एसिया कपबाट बाहिरिएको छ । समुहचरणको अन्तिम खेलमा नेपाल भारतसंग १० विकेटले पराजित भएसंगै सुपर फोरमा पुग्ने लक्ष्य रोकिएको छ ।
सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा भेट्टायो । भारतकालागि कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो। नेपाललाई हराएको भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भने पहिलो चरणबाटै बाहिरिएको छ। सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।
Share on Twitter