बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित
काठमाडौं:नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् ।
उनले २३ मत पाए भने पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्यानलबाट निर्वाचित भएका छन् ।
उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए । सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल ‘अरुण’ र अनुजमान श्रेष्ठ निर्वाचित भए । नीरा राजोपाध्याय भने निर्विरोध निर्वाचित भइन् ।
पारसलाई बागमती प्रदेशभित्रका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर सहितका जिल्लालाई खुल्ला रुपमा समर्थन गर्दै नेतृत्वको रुपमा अघि सारेका थिए । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का क्यानको आसन्न निर्वाचनमा नेतृत्वका आकांक्षी छन् ।
Share on Twitter