एसिया कपमा नेपालको डेब्यु ,रोहित पौडेल सबैभन्दा कान्छो कप्तान
काठमाडौं:एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ ।
नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो ।
विश्व चर्चित बाबर अजामको कप्तानीमा रहेको पाकिस्तान भर्खरै मात्र ओडीआईको नम्बर वान टोली बनेको छ । समकक्षी बाबर अजामसँगै टसका लागि पिचमा पुग्दा रोहित पौडेल एसिया कप २०२३ को सबैभन्दा कान्छो कप्तानको रुपमा मैदान उत्रनेछन् ।
Share on Twitter