क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा आजदेखि सुनुवाइ
काठमाडौं:क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ । यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो।
त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो। बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।
सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए ।
थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो । फेरि इजलासले कुनै प्रमाण मगाउन आवश्यक नठानेमा आइतबारदेखि मुद्दामाथि निरन्तर सुनुवाइ हुनेछ ।
Share on Twitter