छोराहरुको जन्मदिनमा अपाङ्ग सेवा संस्थामा सहयोग
काठमाडौं:पूवी नवलपरासीको देवचुली नगरपालिका, दलदलेमा अवस्थित राजु पोलिक्लिनिकका संचालक पशुपति भुसाल र शोभा शर्मा भुसालले आफ्ना छोराहरुको जन्मदिन अपाङ्ग सेवा संस्थामा मनाएका छन् । जुम्लिहा छोराहरु प्रिथक र प्रयास भुसालको तेस्रो जन्मदिन कावासोती ८ मा रहेको श्री मौलाकालिका आपाङ्ग सेवा संस्थामा मनाएका हुन् । छोराहरुको जन्मदिन मनाउन खर्च हुने रकमबराबरको सहायता गरेका हुन् ।
संस्थाको आवश्यकता पहिचान गरेर २० वटा बाक्लो चकटी र आर्थीक सहयोग गरेको बताइएको छ । संस्थाका अध्यक्ष शान्ती गिरीले सहयोगकालागि भुसाल दम्पतीलाई धन्यवाद दिएकी छन् । उनले भनिन्‘ धेरै सहयोग भनेको खाध्यान दिनुहुन्छ तर हामीलाई आवश्यक धेरै चिजको छ । हाम्रो आवश्यकता बुझेर चकटी सहयोग गर्नुभएकोमा धनयवाद ’
यस्तै पशुपती भुसालले छोराहरुमा सहयोगी भावना विकास गराउन आफुहरुले जन्मदिनमा खर्च हुने रकम सहयोग गरेको बताए । पशुपति भुसालले भने, “हामीले जन्मदिनमा खर्च हुने रकमको सहयोग गरेर छोराहरुलाई सहयोगी भावना सँगै सिकाउने सोच बनाएका हौं। सानो उमेरमा जे सिकाइन्छ, त्यही कुरा उनीहरूले जीवनभर अँगाल्छन्।“
यस्तै शोभा शर्मा भुसालले पनि सानो सहयोग गर्दा खुसी भएको बताउँदै भनिन्, “सक्ने व्यक्तिहरू आफूले जे चाहियो, त्यो गर्न सक्छन्, तर अशक्त व्यक्तिहरू अरूकै भर पर्छन्। त्यसैले हामी सबैले सकेसम्म सहयोग गर्नु पर्छ। यसरी सहयोग गर्दा आफूलाई मनको शान्ति मिल्छ र अरूको आवश्यकता पूरा गर्न मद्दत पुग्छ।“ उनले भविष्यमा छोराहरुपनि सहयोगी बनुन् भनेर आफुहरुले उनीहरुको जन्मदिन संस्थामा मनाएको बताइन् । भुसाल दम्पतीले छोराहरुको जन्मदिन मात्र होइन यसअघि विवाह वर्षगाँठ पनि वृद्धआश्रममा मनाएका थिए ।
Share on Twitter