प्युठानमा घण्टीको लहर बढ्दो,२ सय ५६ रास्वपा प्रवेश
प्युठान भदौ १
रास्वपा प्युठानको समांयोजन तथा पार्टि प्रवेश कार्यक्रम आज बिजुवार प्युठानमा संम्पन्न भएको छ ।
कार्यक्रममा प्युठान जिल्लाका पुर्व जि.वि.स सभापती कर्णध्वज के.सी.संयोजक रहेको नागरिक स्वतन्त्र मञ्च समाहित भएको हो । भने नेपाली कांग्रेस प्यूठान (क) उपसभापती रेशम बहादुर ठेडि समेत रास्वपा प्रवेश गरेको रास्वपा प्युठानले जनाएको छ ।
रास्वपा महामन्त्रि कविन्द्र बुर्लाकोटी,प्रदेश सभापती देवराज पाठकले नव प्रवेशी लाई स्वागत गरेका हुन ।
कार्यक्रममा बोल्दै महामन्त्री बुर्लाकोटीले रास्वपालाई सबै नेपालीको केन्द्रको रुपमा अगाडि बढाई जनताको समस्या समाधान गर्ने गरि प्रतिवद्ध भएर काम गर्ने बताएका छन् ।
त्यसतै प्रदेश सभापती देवराज पाठकले प्युठानमा भएको पार्टि प्रवेशले रास्वपाको जनलहर बढ्दै गएको र देशव्पापी सन्देश गएको उल्लेख गरेका छन् ।
कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि आउने र केहि पुर्व राष्टसेवक गरि २ सय ५६ रास्वपा प्रवेश गरेको जिल्ला सभापती विकास पोख्रेलले जनाएका छन ।
सबै स्थानिय तहमा पार्टिले आफ्नो संगठन विस्तार गरि सकेको छ भने २०७९ को निर्वाचनमा संगठननै नहुदा समेत पार्टिले करिब ६ हजार समानुपातिक मत प्राप्त गरेको थियो ।
Share on Twitter