कान्तिपुर भ्याली कलेजका विद्यार्थीहरु सम्मानित
कान्तिपुर भ्याली कलेजले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका आफ्ना विद्यार्थीहरूलाई शुक्रबार एक विशेष समारोह मार्फत सम्मान गरेको छ।
समारोहमा सहभागी सम्पूर्ण विद्यार्थी अभिभावक,केभिसी पुर्वाञ्चल गोल्ड मेडलिस्ट विद्यार्थीहरु तथा प्राज्ञिक क्षेत्रका पाहुनाहरुलाई कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल डा अभिनास श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
कलेज चेयर पर्सन डा पुष्पमान अमात्यको अध्यक्षतामा सम्पन्न भएको विद्यार्थीहरुको संम्मान कार्यक्रममा आमन्त्रित हरुलाई सम्बोधन गर्दै केभिसी भाईस चेयर पर्सन जितेन्द्रमान अमात्यले अभिभावकको विश्वास र विद्यार्थीको मेहनतले केभीसीलाई निरन्तर उत्कृष्ट नतिजा दिन प्रेरित गरेको बताउनुभयो।
मुख्य अतिथि डा मेनुका श्रेष्ठले देशमै पर्याप्त अवसर रहेको र “देश छोडे मात्र सब ठीक हुन्छ” भन्ने धारणा गलत भएको उल्लेख गर्दै केभीसीको शैक्षिक योगदानको प्रशंसा गर्नुभयो। विश्वविद्यालयका कार्यक्रमहरूलाई समयानुकूल अझ टिकाउ र प्रभावकारी बनाउन सिङ्गो विश्वविधालय प्रतिबद्ध रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
Share on Twitter