११ औ संस्करण को “नेपाल हाईअर एजुकेसन फेयर”श्रावण ३० र ३१ गते हुने ।
काठमाडौँ । “स्वदेशमै शिक्षा सबैको ईच्छा” भन्ने नाराका साथ यस बर्षको “नेपाल हाईअर एजुकेसन फेयर” को ११ औ संस्करण श्रावण ३० र ३१ गते हुने भएको छ।
कक्षा १२ उर्तिण विद्यार्थिलाई कलेज र आफ्नो रोजाई अनुसारको विषय अध्ययनका लागि एउटै थलोमा शैक्षिक परामर्श दिने उद्धेश्यका साथ एजुकेशन ठटकमले यो फेयर संचालन गर्दै आएको छ ।
यस पटकको फेयर होटल एभरेष्ट बानेश्वरमा संचालन हुने आयोजकले जनाएको छ ।
विद्यार्थीहरुलाई स्नातक तह के विषय पढ्ने,कहाँ पढ्ने र किन पढ्ने भन्ने दुविधा रहनु स्वाभाविकै हो। हामीले उनीहरु कलेजै पिच्छे भ्रमर्ण गर्ने हैरानी खेप्न नपरोस् र समयको पनि बचत होस् भनि शैक्षिक मेलाको अवधारणा लिएका हौ । जहाँ सम्बन्धित कलेजकाले विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ्ग दिनेछ र विद्यार्थीका हरेक जिज्ञासाहरुको सम्बोधन हुने फेयरका संयोजक तारामान रावलले बताउनुभयो ।
मेलामा ५० भन्दा वढि कलेजको स्टल रहने फ्रि मुभि टिकट,फुड स्टल , म्युजिक सहित मनोरन्जनात्मक कार्यक्रमको समेत व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।
Share on Twitter