भूमि विधेयकमा संशोधनकर्ता सांसदहरूसँगको छलफल आजै सक्ने तयारी
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँगको छलफल आजै सक्ने तयारी छ ।
आइतबार र सोमबार पनि संशोधनकर्ता सांसदहरूसँगको छलफल भएको थियो । बाँकी रहेका संशोधनकर्ता सांसदहरूसँगको छलफल आजै सक्ने तयारी रहेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सचिवालयले जनाएको छ ।
यो विधेयकमा ५५ वटा संशोधन परेको छ । त्यसमध्ये २६ जनासँग छलफल सकिएको र बाँकीसँग आज छलफल गर्ने कार्यसूची रहेको छ ।
यो विधेयक २३ वैशाख २०८२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । यही विधेयकमा असन्तुष्टि जनाएर जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । तर, सत्तारुढ दलहरू आवश्यक संशोधन गरेर विधेयक पारित गर्ने तयारीमा छन् ।
भूमिसम्बन्धी विधेयकबारे कांग्रेस र एमालेका नेताहरूबीच छलफल नै भएर अगाडि बढेको छ । भूमि व्यवस्थामन्त्री बलराम अधिकारीका अनुसार कांग्रेसका तर्फबाट परेका संशोधनलाई स्वीकार गरेर जाने सहमति छ ।
Share on Twitter