विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पाँच वटा विधेयक दफावार छलफलमा छ ।
प्रतिनिधि सभाबाट पारित भएर गएको ‘जलस्रोत विधेयक’माथि छलफल सकाएपछि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’ माथि दफावार छलफल अगाडि बढाएको छ । आज दिउँसो २ बजे समितिको बैठकमा यो विधेयकमाथि छलफल हुँदैछ ।
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल सकिएपछि नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल गर्ने र त्यसपछि संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल अगाडि बढाउने विधायन समितिको तयारी छ । निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो ।
Share on Twitter