एनएमएसआरएको काठमाडौं अध्यक्षमा कोश राज अवस्थी निर्वाचित
काठमाडौं : नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) को काठमाडौं अध्यक्षमा कोश राज अवस्थी निर्वाचित भएका छन् । २०२५–२०२६ कार्यकालकालागि भएको निर्वाचनमा कार्की नेतृत्वको प्यानलनै विजयी भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा राजीव कृष्ण कर्ण , उपाध्यक्षमा मनीष मल्लिक निर्वाचित भएका छन् ।
यस्तै एसोसिएसनको महासचिवमा बिनय रोका निर्वाचित भएका छन् भने कोषध्यक्षमा सुदर्शन ढकाल बिजयी भएका छन् । यस्तै संयुक्त सचिवमा राज कृष्ण ठाकुर र चक्र रिमाल निर्वाचित भएका छन् भने संंयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएकी छन् । यस्तै सदस्यहरुमा समीर जयसवाल, अतिश तिवारी, रञ्जित कृष्ण प्रसाद, अर्जुन सिलवाल, र अशिष चौलागाईं निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कोश राज अवस्थीले संगठनलाई अझ सुदृढ, पारदर्शी, र परिणाममुखी बनाउने प्रतिबद्धता जनाउँदै संगठनका सम्पूर्ण सदस्यहरूलाई सहकार्यका लागि धन्यवाद दिएका छन्। उनका अनुसार संगठनले सदस्यहरूको पेशागत हकहितको संरक्षण गर्दै उनीहरूको सिप विकास र पेशागत तालिमका क्षेत्रमा प्राथमिकता दिने जनाइएको छ ।
Share on Twitter