थप ४ सय १६ जनामा डेंगु संक्रमण पुष्टि
काठमाडौं: नेपालमा थप ४ सय १६ जनामा डेंगु संक्रमण पुष्टि भत थपिएका छन् । देशभर ४ सय १६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७ सय ५५ पुगेको छ ।
साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ । सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ ।
७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७ सय १५ जनामा डेंगु संक्रमित देखिएको छ ।
Share on Twitter