रास्वपाले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय गरेको हो । यस्तै बैठकले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिएको उनको भनाइ छ । यस्तै रास्वपाले नेपाल विद्युत प्राधिकरणको बक्यौता सम्बन्धी विषय संसदमा जोडतोडका साथ उठाउँने जनाएको छ ।
Share on Twitter