चक्रपथ समयमै निर्माण सम्पन्न गर्न प्रदीप पौडेलको नेतृत्वमा दबाव यात्रा
काठमाडौं :चक्रपथ समयमै निर्माण सम्पन्न गर्न दबाव यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रबाट दबाब यात्रा निकालिएको हो ।
काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ । पटक पटक संसदमा आवाज उठाउदा समेत सुनुवाई नभएकाले चक्रपथमा सरकारी सवारीसाधन निषेध गर्ने चेतावनी समेत दिए ।
जनताको स्वास्थ्यमा गम्भिर असर गरेकारे लापरवाही नगर्न उनले आग्रह गरे । केही दिनअघि मात्रै नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।





Share on Twitter