योगको ब्यापार गर्न मिल्दैन
काठमाडौं:योगलाई व्यापारका रुपमा प्रयोग गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा बिहिबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विभागका महानिर्देशक डा प्रदीप केसीले योगलाई ब्यापारीकरण गर्न नहुने बताए ।
उनले योगको गलत प्रयोग हुँदा स्वास्थ्यमा समस्या निम्तनेमा समेत सचेत गराए । उनले दक्ष प्रशिक्षकबाट मात्र योगको प्रशिक्षण लिनुपर्ने सुझाव दिए । साथै उनले वैकल्पिक चिकित्सालाई एकिकृत गर्न आफुले प्रयास गरिरहेको बताए । विभागका अर्का चिकित्सक डा श्यामबाबु यादवले योगलाई व्यायम मात्रैको रुपमा हेर्न नमिल्ने भन्दै यसलाई जीवन जिउने पद्धतीको रुपमा हेर्नु पर्ने बताए ।
उनले योगलाई अब घर घर र व्यक्ति व्यक्तिमा पुरयाउन पर्ने आवश्यकता बताए । डा सुवोध मिश्रले योगलाई शरीर र मनको मिलन हो भन्दै यसले शरीर र मन स्वस्थ राख्नका लागि मद्धत गर्ने बताए ।
Share on Twitter