चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि असार ८ गते अन्तर्वार्ता
काठमाडौं:चिकित्सा शिक्षा आयोगको निर्देशक पदको अन्तर्वार्ता असार ८ गते हुने भएको छ । चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै असार ८ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि समय तोकेको छ ।
नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा अन्तर्वार्ता गरिने बताइएको छ । तीन सिफ्टमा लिइने अन्तर्वार्ताका क्रममा १० मिनेटको पावरप्वाइन्ट प्रस्तुति दिनुपर्नेछ ।
चिकित्सा शिक्षा आयोगले यसअघि नै १२ जनाको नामसूची प्रकाशित गरिसकेको छ। मुद्दा परेका कारण नियुक्ति प्रक्रियामा ढिलाइ भएको थियो।उच्च अदालत पाटनको गत जेठ १३ रिट खारेज गरेपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको हो।
Share on Twitter