स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारकालागि आवेदन माग
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, स्वास्थ्य करकोष सचिवालयले “स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार” को लागि आवेदन माग गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक वर्ष यो पुरस्कार दिने गरिएको छ ।
विश्व धूमपानरहित दिवसको अवसरमा आगामी ३१ मे का दिन स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार दिने भन्दै व्यक्ति तथा संस्थासंग आवेदन माग गरेको छ ।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारी मध्येबाट उकृष्ठ छ जनालाई यो पुरस्कार प्रदान गरिने बताइएको छ ।
सचिवालयले ईच्छुक व्यक्ति तथा संघ संस्थाले आगामी ६ जेठ भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर कोष सचिवालयमा आवेदन पेश गर्न भनेको छ । पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

Share on Twitter