किओचका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने भाटभटेनी सूपरमार्केटका सञ्चालक गुरुङकाे घोषणा
काठमाडौं:वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)कालागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौँको किओच निर्माणस्थल पुगेका गुरुङले घोषित रकमबाट किओचका लागि अत्याधुनिक छुट्टै भवन बनाईदिने बताएका छन् । डा कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्दै छन् ।
अस्पताल निर्माणको काम भइरहेको क्षेत्र देखाउँदै डा कोइरालाले काठमाडौं र काठमाडौं बाहिर भइरहेको कामका विषयमा गुरुङलाई जानकारी दिएका थिए। उक्त जानकारी सुनेपछि गुरुङले सहयोग घोषणा गरेका हुन्। गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको किओचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।
दमकमा एक वर्षअघि देखि सेवा सुरु भइसकेको छ। किओचले राजधानी काठमाडौंमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए।
Share on Twitter