अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा
अत्तरिया : कैलालीको अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ । सेवा सुभारम्भको अवसरमा अस्पतालले एक महिनासम्म निःशुल्क दन्त परिक्षण सेवा उपलब्ध गराउन लागेको छ ।
डा अच्युत भट्ट र डा रोशन भट्टको समूहले सञ्चालनमा ल्याएको अस्पताल अत्तरिया चोक नजिकै धनगढी रोडमा रहेको छ ।
अस्पतालमा अत्याधुनिक डेन्टल चियर, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लागायतका अत्याधुनिक उपकरण तथा सामग्री राखेर सेवा दिन थालिएको सञ्चालकले जनाएका छन्।
Share on Twitter