सिटामोल लिन पाँच घण्टा हिडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु : पूर्वस्वास्थ्य मन्त्री बस्नेत
सिन्धुपाल्चोक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्वस्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले सिटामोल लिन पनि पाँच घण्टा हिडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु भन्ने बताउनु भएको छ ।
सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं. २ जौडाँडामा आज सोमबार आयोजित भूमिडाँडा स्वास्थ्यचौकीको भवन सिलान्यास पश्चात मन्तव्य राख्नुहुँदै बस्नेतले जनताको हीतको लागि काम गर्नका लागि जनताको मतबाट निर्वाचित भएको हो भन्नुहुँदै सामान्य सिटामोल पाउन पनि दिनभरि हिडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न विद्यामान कानूनले रोक्यो भने संशोधन गरेरै भएपनि सेवा,सुविधाको व्यवस्था गरिने बताउनुभएको हो ।
“नीति अनुसार वडामा एउटा स्वास्थ्य चौकी भन्ने छ, पहिला भए गा.वि.स.मा एउटा थियो । तर सिटामोल लिन पनि पाँच घण्टा हिडेर जानुपर्ने अवस्थाको अन्त्यका लागि एउटा मात्रै भन्ने कानून पनि संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यकता अनुसार काम गर्न तयार छु ।” उहाँले भन्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री भएको वेलामा एकैपटक ३९ वटा वडाहरुमा स्वास्थ्यचौकी भवनका लागि बजेट विनियोजन गरिएको वताउनुहुँदै यो स्वास्थ्यचौकी पनि त्यही मध्येको एउटा भएको बताउनुभयो ।
स्वास्थ्यचौकी भवन निर्माणका लागि ३८ लाख ८६ हजार बजेट बिनियोजन गरिएको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा वडा अध्यक्ष श्यामबहादुर गिरीले विनियोजित बजेटलाई सही सदुपयोग गरी समयमै काम सम्पन्न गर्न आफूले समन्वय गर्ने वताउनुभयो । उहाँले भवन निर्माण सम्पन्न गर्न कुनै कठिनाई उत्पन्न भएमा वडा तहबाट पलिका हुँदै प्रदेश र संघीय तहसम्म समन्वय गर्न तत्पर रहेको बताउनुभयो
Share on Twitter