मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा सुरु
काठमाडौं: मध्यविन्दु अस्पताल १२ घण्टा बहिरंग (ओपिडी) सेवा सुरु भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।
यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपिडी सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ।
बिहानदेखि साँझसम्म सेवा सञ्चालन हुँदा दैनिक मजदुरीमा जाने, शिक्षक तथा अन्य कर्मचारीलेसमेत सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कंडेलले जानकारी दिए।
Share on Twitter