करको दर बृद्धि गरिए सुर्तीजन्य पदार्थको अवैध व्यापार बढ्छ ?
काठमाडौं:सुर्तीजन्य पदार्थको करको बृद्धि गरियो भने सुर्तीजन्य पदार्थको अवैध व्यापार बढछ भने तर्क मिथ्या मात्र भएको अनुसन्धानले प्रमाणित गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा नेपालमा ०.३३ प्रतिशतमात्र अवैध चुरोट काठमाण्डौ र पोखरामा फेला परेको थियो।
फेला परेको त्यो चुरोट खुल्ला सीमाना भएको मित्र राष्ट्र भारतको नभई हवाइ वा अन्य मार्गबाट भित्रिएको इण्डोनेशियामा उत्पादित चुरोट थियो । चुरोटको मुल्य पनि नेपालको सर्वाधिक बिक्रि हुने चुरोट भन्दा पनि महँगो पाइएको छ । चुरोटको मुल्यले नभई स्वादका कारण विदेशी चुरोट भित्रिएको अनुसन्धानले देखाएको छ ।
गत वर्ष सुर्तीजन्य पदार्थको करको दरमा गरिएको बृद्धिले उद्योग र उपभोक्ताहरुमा ठोस प्रभाव नपरेको अनुसन्धानमा भेटिएको नेपाल विकास अनुसन्धान परिसधका अनुसन्धानकर्ता कमल चौलागाईले जानकारी दिए ।
२० % कर बृद्धिले चुरोटको मुल्यमा थोरै बृद्धि हुने अर्थात सुका मोहर पैसा मात्र बढने भएकोले उपभोक्ताहरुको क्रय क्षमतालाई असर नपरेको तर यसबाटउल्टो असर चुरोट कम्पनीको नाफा बढेको प्रतिवेदनहरुमा देखिएको छ । सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्न ७० प्रतिशत आमजन सहमत रहेको पाइएको छ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा उक्त कुरा देखिएको प्रतिष्ठानका अनुसन्धानकर्ता डा जयकुमार गुरुङले बताएका छन्। सुर्तिजन्य पदार्थको नियन्त्रण सम्बन्धी प्रतिवेदन २०२४ को प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्। दक्षिण एशियाली मुलुकहरुमा नेपालले सुर्तिजन्य पदार्थबाट सवैभन्दा कम राजस्व (२.५९) प्रतिशत मात्र संकलन गर्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ। सन् २०२२ मा ३० अर्ब राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा २६ अर्ब नबढ्ने देखिएको प्रतिष्ठानको भनाइ छ।
Share on Twitter