आधारभूत स्वास्थ्य सेवाबारे जानकारी अभाव
काठमाडौं:उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.अनुप बास्तोलाले आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवाबारे जनचेतना बढाउनुपर्ने बताएका छन् । आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी जानकारी दिन आज आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा डा वास्तोलाले राज्यले प्रदान गर्ने सेवा बारे सरकारी निकायमै रहेकाहरु समेत जानकार नभएको बताएका छन् ।
नेपालको संविधान २०७२,स्थानीय सरकार सञ्चालन ऐन २०७४, जनस्वास्थ्य सेवा ऐन,२०७५,पन्ध्रौं योजना तथा राष्ट्रिय स्वास्थ्य वित रणनीति २०८०–२०९१ मा आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था भएपनि यसबारे सेवाग्राही जानकार नभएको उनको भनाई छ । उनले यसबारे जनचेतना बढाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । डा. बास्तोलाले भने–‘राज्य द्वारा उपलब्ध आधारभूत स्वास्थ्य सेवा लक्षित समुदायले जुन हिसाबले पाउनु पर्ने हो त्यो पाइ रहेका देखिँदैन । तपाईहरुले यसबारे प्रचार गरिदिनु पर्याे’ यस्तै कार्यक्रममा इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीकाले विशिष्टीकृत नभई आधारभुत स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने बताए।
राज्यले आधारभूत स्वास्थ्य सेवाको लागि आर्थिक वर्ष २०८०/८१ म प्रदेशको लागि १४ करोड ४१ लख २० हजार र स्थानीय तहको लागि १ आब २९ करोड ३४ लाख विनियोजित गरेको छ । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन , पोषण सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ , नवजात शिशु तथा वाल स्वास्थ्य सेवा छन् । यस्तै सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्द्घन एवं आयुर्वेद तथा परम्परागत स्वास्थ्य सेवा छन् ।
Share on Twitter