मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको पहिलो व्यक्तिको भिडिओ सार्वजनिक (भिडियो सहित)
काठमाडौं:हेल्थ टेक कम्पनी न्युरालिंकले दिमागमा चिप प्रत्यारोपण गरिएको पहिलो व्यक्तिको भिडिओ सार्वजनिक गरेको छ । न्युरालिंक विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी हो ।
कम्पनीले बिहीबार नोल्यान्ड आर्बार (जसको दिमागमा पहिलो पटक चिप प्रत्यारोपण गरिएको थियो) ले कम्प्युटर चलाउँदै गरेको भिडिओ सार्वनजिक गरेको हो।
न्युरालिंकका एक इन्जिनियर ब्लिसले नोल्यान्डले कम्प्युटरमा चेस गेम खेलिरहेको भिडिओ खिचेर कम्पनीको आधिकारिक एक्स खाताबाट अपलोड गरेका छन्। २९ वर्षीय नोल्यान्ड करिब ८ वर्ष अघि डाइभ गर्ने क्रममा दुर्घटनामा परे। दुर्घटनापछि उनको घाँटीभन्दा तलको भाग पक्षघात भयो।
पक्षघातपछि दिमाग सक्रिय रहे पनि उनलाई अतिरिक्त अन्य क्रियाकलाप गर्न कठिन भयो। न्युरालिंकको चिप प्रत्यारोपणपछि भने नोल्यान्डले दिमागको कन्ट्रोलबाट विभिन्न क्रियाकलाप गर्न सकेको बताएका छन । सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थ्यसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य हो।
— Neuralink (@neuralink) March 20, 2024
Share on Twitter