बिदा वा काजमा रहेको अवधिमा बैठक भत्ता नलिन मन्त्रालयको परिपत्र
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज वा विदामा रहेका कर्मचारीलाई बैठक भत्ता नदिन मातहतका निकायलाई परिपत्र गरेको छ ।
यस्तै काज र विदामा रहेका कर्मचारीलाई निर्णय प्रक्रियामा सहभागि गराउने कार्य कानुनको बर्खिलाप हुने पनि पत्रमा उल्लेख छ । यस्तै कार्यलय सञ्चालन भएको दिन र कार्यलय समयमा पनि कार्यालय समय भन्दा फरक विहान/बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन पनि मन्त्रालयले भनेको छ।
यसैगरी, अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौं संस्करण) को बुँदा नं. ७.१.५ मा एउटै निकाय र अन्तर्गतको पदाधिकारी वा कर्मचारी मात्र बैठक बसेको भए त्यस्तो बैठकको लागि बैठक भत्ता उपलब्ध गराइने छैन भनी उल्लेख गरेको व्यवस्था अनिवार्य रुपमा लागु गर्न गराउन मन्त्रालयले भनेको छ । कार्यालय सञ्चालन भएको दिनमा पनि समय फरक पारेर भत्ता लिइरहेको विषयमा गुनासो परेपछि तीन बुँदे परिपत्र गरेको हो ।

Share on Twitter