नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति : स्वास्थ्यमन्त्री यादव
काठमाडौं:स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाली औषधि उद्योगको विकासमा सहकारले सहयोग गर्ने बताएका छन् ।
मन्त्री यादवलाई कार्यकालको शुभकामना दिन मन्त्रालय पुगेका औषधि उत्पादक संघको टोलीसँग मन्त्री यादवले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताए ।
आफ्नो पहिलो कार्यकालमा औषधि उद्योगलाई विकसित गर्ने लक्ष रहेको स्मरण गराउँदै उनले यो कार्यकालमा नेपाली औषधि उद्योगलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भेटमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान सहित वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्गाटा , उपाध्यक्षमा सन्तोष बराल, कोषाध्यक्ष पृथ्वीराज भण्डारी(निजु लगायतको उपस्थिति थियो ।
Share on Twitter