मिडिया अलर्टस एक्सीलेन्स इन मिडिया अवार्डबाट प्रकाश बस्याल सहित तीन जना सञ्चारकर्मी सम्मानित
काठमाडौं:मिडिया अलर्टस एक्सीलेन्स इन मिडिया अवार्डबाट तीन जना सञ्चारकर्मी सम्मानित भएका छन् । मिडिया अलर्ट एन्ड रिलिफ फाउण्डेशन को औँ वार्षिक उत्सव को उपलक्ष्यमा आईतबार पोखरामा आयोजित कार्यक्रममा पत्रकारिताको विभिन्न माध्यमका काम गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गरिएको हो ।
मिडिया अलर्टस एन्ड रिलिफ फाउण्डेसनले सूचना निकालेर गण्डकी प्रदेशमा काम गर्ने सञ्चारकर्मीहरूलाई मनोनयन दर्ता गराउन आह्वान गरेको थियो ।
समाजलाई कलमका माध्यमबाट सुसूचित गराउने सञ्चारकर्मीहरूलाई यो अवार्ड प्रदान गरिँदै आएको मिडिया अलर्ट एन्ड रिलिफ फाउण्डेशन का संस्थापक एवं कार्यकारी अध्यक्ष रवि बरालले बताए । यो पटक २६ जना सञ्चारकर्मीहरूले आवेदन दिएको उनले बताए ।

२६ जना मध्य ९ जनालाई सर्ट लिस्ट गरिएको थियो । पत्रिका तर्फ द नेपाल टप राष्ट्रिय दैनिकका प्रकाश बस्याल सम्मानित भएका छन् । यस्तै रेडियो तर्फ सम्झना फुयाँल र टेलिभिजनतर्फ को अवार्ड गोपाल ऐरलाई प्रदान गरिएको छ । पत्रकार बस्यालले बाल श्रम विरुद्ध काम गरेका छन् भने उनले लागूपदार्थ दूर्वेसनी विरुद्ध पनि सचेतना अभियान सञ्चालन गरिरहेका छन् ।
बस्याललाई रु ५० हजार सहित सर्टिफिकेट अफ अनर प्रदान गरिएको संस्थापक बरालले बताए । मिडिया अलर्ट एन्ड रिलिफ फाउण्डेशनले पोखरामा गरेको कार्यक्रममा सञ्चारकर्मी लगायत अभियान्ताहरुको बाक्लो उपस्थिति थियो । अवार्डको पहिलो संस्करण विराटनगर र दोस्रो संस्करण बुटवलमा भएको थियो ।
फाउन्डेसनले समाजमा जनचेतना जगाउने ब्यत्तिहरुलाई प्रोत्साहन गर्दै सम्मान गर्दै आएको छ । समाजमा व्याप्त कुरीति कुप्रथा र दूर व्यवहार न्यूनीकरण गर्न समेत फाउन्डेसनले सचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थापक बरालले बताए ।
Share on Twitter