पार्किङ निषेध पछिको न्युरोड (तस्बिरहरु)
काठमाडौं:महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ । त्यस क्षेत्रमा काम विशेषले जानेहरुले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरमा सवारी साधन पार्किङ गर्नुपर्ने महानगरपालिकाले नियम बनाएको छ ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा सवारी साधन पार्किङ गर्न पाइने छैन ।
अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ । यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । सडकको पार्किङ हटाएपछि न्युरोड कस्तो देखिएको छ । हेरौँ तस्बिरमा:





Share on Twitter