वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
काठमाडौं:वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। वीर अस्पतालका उप–सचिव (लेखा) थम नारायण शर्मा र (प्रशासन) बाबुराम घिमिरे ले निर्देशक डा सन्तोष पौडेलसँग मिलेर प्रशासनिक अनियमितता , प्रि–पेड भष्टचार गरेको भन्दै कारबाही गर्न माग गरिएको छ ।
उनीहरुको सम्पूण सम्पत्ति छानविन गर्न समेत माग गरिएको छ । दुई दुई लाख पैसा लिँदै कार्यालय सहयोगी ,कम्पुटर अपरेटर, ल्याव असिस्टेन्ट, ड्राइभर ज्यालादारीमा नियुक्ति गरेको उनीहरुलाई आरोप लागेको छ । यस्तै अस्पतालमा आफू निकटसँग महँगोमा कोटेशनमा सामान खरिद गरी पहिलै कमिसन लिने गरेको समेत जनाइएको छ ।
टेन्डरमा आउने सामान को भुक्तानी दिँदा सिधै २०५ कमिसन ब्यापारीसँग माग्ने गरेको, ल्याब, रेडियोलोजी, एनेस्थेसिया भत्ता दिन कर्मचारीसँग कमिसन माग्ने गरेको, टेन्डरमा सामान हुँदाहुँदै कमिसनको लागि कोटेशनमा महँगोमा सामान खरिद गर्ने गरेको, ५ लाखमा मर्मत भएर सञ्चालन हुने अक्सिजन मेसिन मर्मत नगरी दैनिक १ लाख खर्च गरी अक्सिजन खरिद गर्ने गरेको र अस्पताललाई वार्षिक ३ करोड घाटा पुराएको र शंकर अक्सिजनसँग कमिसन लिने गरेको, अस्पतालमा बिरामीलाई खाने खुवाउने व्यापारीसँगसमेत कमिसन लिने गरेको, फार्मेसीमा मेडिसिन ल्याउने व्यापारीसँग कमिसन मागेको ब्यापारीले कमिसन दिन्न भनेपछि निजको पुरानो भुक्तानी रोकेको पत्रमा उल्लेख छ ।
सोही कारण अस्पताल फार्मेसीमा मेडिकल सामान अभाव भएको, बीमाका र अस्पतालमा भर्ना भयका बिरामीले मेडिसिन नपाएर हाहाकार भैरहेको आरोप लगाइएको छ ।


Share on Twitter