बिमा बोर्डको आचारसंहिता : कार्यालयमा सामाजिक सञ्जाल प्रयोगगर्न नपाइने , तीन दिन भित्र निर्णय
काठमाडौं:स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको हो । शुक्रबार बसेको बोर्डको बैठकले दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाउने आचारसंहिता लागु गरेको हो ।
यस्तै बैठकले सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउने आचारसंहिता लागु गरेको छ ।
यसका साथै, औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसिमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने, जुनसुकै फाइल बारेमा तीन दिन भित्र निर्णय दिने, निर्णय दिन नसक्ने विषय कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना गर्ने र आचार संहिता पालना भए नभएको अनुगमनको व्यवस्था बीमा बोर्डले गर्ने विषय आचार संहितमा उल्लेख छ ।
Share on Twitter