गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
काठमाडौं:राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातकमात्रै रहेको भन्दै नियुक्ति बदरको मागसहित बिहीबार रिट दर्ता गराएका थिए ।
सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश माथेमाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।साथै आन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।
Share on Twitter