सहकारीको रकम जनप्रतिनिधिले ठगेकोमा नेपाली कांग्रेस चितवनको ध्यानाकर्षण
काठमाडौं:सहकारीको रकम ठगी कार्यमा जनतावाट निर्वाचित जनप्रतिनिधि नै संलग्न भएको समचारप्रति नेपाली कांग्रेस चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेसका चितवन जिल्ला सभापती राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै आफ्नो अमूल्य मत र मन दिएर पठाएका एवम् जनताको सुखदुखमा साथ दिनुपर्ने जनप्रतिनिधि नै जनतालाई झुक्काउने, ठग्ने तथा जनताको रकम हिनामिना गर्ने दण्डनीय कार्यमा संलग्न हुनुले जनतामा व्यापक निराशा छाएको उल्लेख गरेका छन् ।
जनतालाई कानुनी राज्यको प्रत्याभूती दिलाउन तत्कालै निष्पक्ष छानविनको प्रक्रिया अगाडी वढाउन र दोसीमाथी कारवाही गर्न समेत सरकारसंग माग गरेका छन् । २०५४ साल बैशाखमा चितवनमा स्थापना भएको साहारा चितवन बहुद्देश्यीय सहकारी संस्था लि। का सञ्चालकहरूले करीव ८५ करोड रकम हिनामिना गरेको एवम् सो ठगी कार्यमा जनतावाट निर्वाचित जनप्रतिनिधि नै संलग्न भएको समचार बाहिरिएको छ ।
सहकारी ऐन २०७४ को मर्म र भावना तथा सर्वसाधरण बचतकर्ताहरुको विश्वास र भरोसा विपरित विनाधितो गोरखा मिडिया नेटवर्क प्रा।ली। र सो मार्फत सञ्चालित ग्यालेक्सी टेलिभिजनमा आर्थिक कारोवार भएको जनाइएको छ ।

Share on Twitter