मानवीय त्रुटिले यती एयरलाइन्सको विमान दुर्घटना भएको निष्कर्ष
काठमाडौं:१ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको दुर्घटना अध्ययन समितिले निष्कर्ष निकालेको छ ।
जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाएको हो ।
यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर प्रतिवेदन तयार गरेको थियो । जाँचबुझ आयोगले व्ल्याक बक्स, ककपीट भ्वाइसलगायत सबै विषयको अध्ययन अनुसन्धान गरेको जाँचबुझ आयोगका संयोजक घिमिरेले बताए । यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत उनले जानकारी दिए ।
Share on Twitter