फ्रन्टलाइन अस्पतालमा औषधि व्यवसायीलाई सहुलियत
काठमाडौं:नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) काठमाडौं शाखा र बत्तीसपुतलीस्थित फ्रन्टलाइन अस्पतालबिच सहुलियत सेवा तथा सहकार्यका लागि सहमती भएको छ ।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका कार्यवाहक अध्यक्ष एवं महासचिव शुभमान श्रेष्ठ र फ्रन्टलाईन हस्पिटलका क्लिनिक प्रेसिडेन्ट एवं मेडिकल डाइरेक्टर डा. योगेश न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति भएसंगै संघका सदस्य तथा तिनका परिवारले अस्पतालका सेवामा छुट सुबिधा पाउने छन् ।
छुट सुविधा लिनकालागि नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।सहमति अनुसार औषधिमा १० प्रतिशत, ल्याव टेष्टमा २५ प्रतिशत, रेडियोलाजी तथा (एमआरआई, सिटी स्क्यान, बीएमटी) एवं एक्सरे, अल्ट्रासाउण्ड, इको, एपिवी, हल्टर, पिटिए, कोलोनोस्कोपीमा ३० प्रतिशत छुट पाउने छन् ।
यस्तै वेड (आईसियू, क्यावीन र वार्ड) मा ३० प्रतिशत, सर्जरी (माइनर, मेजर) मा २५ प्रतिशतसम्म छुट सुविधा पाउने बताइएको छ ।सो अवसरमा हस्पिटलका डिसिओओ कृष्णबहादुर नेपाली, नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष शंकरमान महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Share on Twitter