पेट्रोल र डिजेलको मूल्य घट्यो,एलपी ग्यासको भने यथावत्
काठमाडौं:नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो ।
मूल्य घटेसँगै काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेलको मूल्य एक ५७ रुपैयाँमा कायम भएको छ ।
यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेलको मूल्य एक सय ५९ रुपैयाँ कायम भएको छ ।निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

Share on Twitter