स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त
काठमाडौं:स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले तनहुँका डा लोहनीलाई अध्यक्षमा नियुक्त गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा लोहनी नेपालमा स्वास्थ्य बीमा शुभारम्भ गर्दाका कार्यकारी निर्देशक थिए । स्वास्थ्य बीमा ऐनको मस्यौदा समेत उनकै अग्रसरतामा बनेको थियो ।
कार्यक्रम भने विसं २०७२ चैत २५ मा कैलालीबाट सुरु भएको हो । गत २४ माघमा डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजिनामा दिएपछि सो पद रिक्त थियो ।
Share on Twitter