२४ अर्ब पचाउन टेरामेक्सप्रति अफवाह
काठमाडौं:टेरामेक्सप्रति अफवाह फैलाउने समुह सक्रिय देखिएका छन् । टेरामेक्स भित्रीएपछी कमाउ धन्दा सकिने डरले स्वार्थी समुह टेरामेक्सप्रति अफवाह फैलाउन सक्रिय भएका छन् ।
नेपालको टेलिफोन सेवालाई गुणस्तरीय बनाउने, कल चुहावट नियन्त्रण गर्ने, टेलिफोन सेवा प्रदायक कम्पनीमा हुने गरेको राजस्व छली पत्ता लगाउने जस्ता उद्देश्यले प्राधिकरणले टेरामेक्सको काम अघि बढाएको हो । तर राज्यको अर्बौैं राजस्व छलीमा सक्रिय देखिएका एर स्वार्थ समूहहरूभने यसको विरोध र भ्रम छर्न लागेका छन् ।
नेपाल टेलिकमको एकछत्र वर्चस्व रहेको दूरसञ्चार क्षेत्रलाई तहसनहस पारेर निजी कम्पनिबाट पैँसा असुल्ने दाउ पारेकाहरु अहिले टेरामेक्सप्रति अफवाह फैलाउदैछन् ।
अत्याधुनिक प्रविधियुक्त सञ्चार क्षेत्रको अनुगमन भने पुरानै प्रविधिबाट हुँदा यसको फाइदा उठाउँदै टेलिकम अपरेटहरूले कल घोटाला, बाइपास तथा राजस्व छली जस्ता गैरकानुनी गतिविधिबाट राज्यलाई अर्बौं राजस्व ठगी गर्दै आएका छन् । राज्य कोषमा हरेक वर्ष जम्मा हुनुपर्ने २४ अर्बभन्दा बढी राजस्व ‘लुट’ मा टेलिकम अपरेटर र स्वार्थी समूहहरू सक्रिय देखिएका हुन् ।
ठगी निगरानी गर्ने भएपछि हिजोका दिनमा यो धन्दाबाट राज्य कोषको अर्बौं रुपैयाँ हात पार्न पल्केकाहरूले यो प्रविधि रोक्न देशीमात्र होइन, विदेशी शक्तिहरूलाई समेत अनेक प्रलोभनमा पार्ने प्रयास गर्दै आएका छन् । किनभने प्राधिकरणको यो काम सुरु हुनासाथ ती गिरोहले असुल्दै आएको मासिक दुई अर्ब रुपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने हुन्छ ।
आफूले गरेका बदमासी सार्वजनिक नहोस् भनेर एनसेल जस्ता टेलिकम अपरेटर वा ठूला बिक्रेताहरू टेरामेक्स प्रविधिका विरुद्ध लागेका हुन् । टेलिकम अपरेटरहरूले विदेशबाट कल बाइपास गर्दा सरकारलाई हरेक वर्ष अर्बौं नोक्सानी भएको थाहा पाए पनि राजनीतिक वृत्त पनि यो विषयप्रति मौन थियो ।
तत्कालीन सञ्चारमन्त्री (हाल स्वास्थ्यमन्त्री) मोहनबहादुर बस्नेतले दूरसंचार प्राधिकरणका अधिकारीहरूसँग कल बाइपास रोक्न विधि र प्रक्रियाका विषयमा भएको छलफलपछि ‘टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फर्ड कन्ट्रोल सिस्टम’ (टेरामेक्स) अघि बढाउने प्राधिकरणको प्रस्तावमा १७ असोज २०७४ मा सहमति दिएका थिए ।
यो संयन्त्रका लागि पौने तीन अर्ब खर्च हुने निष्कर्षमा पुगेपछि प्राधिकरणले टेण्डर प्रक्रिया अघि बढाएको थियो । तर टेण्डर प्रक्रिया अघि बढेलगत्तै टेरामेक्स प्रविधि भित्रिन नदिन चलखेल सुरु भयो । राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने ठूलो रकममा रजाई गर्दै आएको एउटा गिरोहले अफवाह फैलाउने देखि राजनीतिक शत्तिलाई नै आफ्नो प्रभावमा पार्न सक्रिय छ ।
Share on Twitter