सिक्किमकी जेरिना गुरुङ बनिन् मिस गुरुङ ईन्टरनेसनल
काठमाडौं:मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको उपाधी जेरिना गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सिक्किमकी जेरिनाले उपाधी जितेकी हुन् ।
उपाधींगै जेरिनाले यमाहाको स्कुटर पुरस्कार पाएकी छन्। उनले पाँच लाख बराबरको पुरस्कार पाएकी छन् । यस्तै फस्ट रनरअपको उपाधि तारा गुरुङले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधी करिना गुरुङले हात पारिन्। मिस पपुलरको उपाधि अनामिका गुरुङले जित्दा मिस ट्यालेण्ट तारा गुरुङनै भइन्।
सबै विजेताहरुले विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सव टाइटलहरु जितेका छन् ।
ग्राण्ड फिनालेका निर्णयकका रुपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ, र टिकाराम गुरुङ रहेका थिए ।मृगतृष्णा फेसन हाउसको आयोजना र वि. एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि. को व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनालेमा पोखरा, गोरखा, काठमाडौ ,धादिङ र सिक्किममा बाट गरि १४ जना युवतीहरु प्रतिस्पर्धामा सहभागी थिए।
गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिदै आएको आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन्।
Share on Twitter