नेप्से १८६३ विन्दुमा कायम
काठमाडौं : पछिल्ला तीन दिन सेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ ।
कारोबार रकम भने घटेको छ । मंगलबार ९९ करोडको सेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो । कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो ।
बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे । निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंक घटे ।
Share on Twitter