एकीकृत समाजवादीले भुकम्प पीडितलाई २५ लाख सहयोग गर्ने
काठमाण्डौं :नेकपा (एकीकृत समाजवादी ) ले भुकम्प पीडितलाई नगद रु २५ लाख आथिक सहयोग गर्ने भएको छ । पार्टीको सोमवार केन्द्रीय कार्यालयमा आयोजित सचिवालयको बैठक पश्चात बैठकका निर्णय सार्वजनिक गदै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई रु २५ लाख नगद आर्थिक सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो ।
बैठकले भुकम्प पीडितको सहयोग समन्वय अनुगमनका लागि पार्टीका उपमहासचिव एवं नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा, राज्यमन्त्री नन्दा चपाई , पार्टी प्रदेश अध्यक्ष एवं सासद अम्मर वहादुर थापा, सासद धनबहादुर बुढा, कर्णाली प्रदेश सभाका सासद कल्याणी खडका, पार्टी प्रदेश कमिटिका सचिव कृष्ण बिसि, पार्टी केन्द्रीय सदस्य ठगेन्द्र प्रकाशपुरी र जाजरकोट तथा रुकुम पश्चिमका पार्टी अध्यक्ष रहने गरी दश सदस्यीय अनुगमन कमिटी गठन गरेको छ ।
कमिटीले घटनस्थलको अनुगमन गरी उद्धार र राहातमा समेत सहयोग गर्ने उपमहासचिव खतिवडाले बताउनुभयो त्यस्तै बैठकले हालै पार्टीले सम्पन्न गरेको मेचि महाकाली जागरण अभियान छोटो समयमा प्रभावकारी ढंगले भब्यताका साथ सम्पन्न भएको ठहर गरेको छ ।
असोज १४ देखि २८ सम्म चलेको अभियानमा १२सय किलो मिटरको यात्रा तय गरी ठूला साना ५५ बढि सभा सम्पन्न गरेको छ । नेपालको संविधानले नेपाललाई समाजवाद उन्मुख ब्यबस्था भनेपनि समाजवादको जागरण गर्ने नेकपा (एकीकृत समाजवादी ) मुलुककै पहिलो पार्टी बनेको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले अभियानको समीक्षा गर्दै अभियानकै क्रममा अन्य पार्टी परित्याग गरी १० हजार बढि कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको , ३ लाज जनता सँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्याहरूको विषयमा छलफल गरेको र पार्टीको विचार र दृष्टिकोण जनतको बीचमा पुर्याएको र पार्टी पक्तिलाई उत्साही बनाएको बैठकको निष्कर्ष छ ।
बैठकले अभियान सफल बनाउन सहयोग गर्ने नेताकार्यर्ता, स्वयंसेवक, जनसांस्कृतिक महासंघका कलाकर्मी, सञ्चारगृह, सञ्चारकर्मीहरु तथा आमजनसमुदाय लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको गरेको छ ।
बैठकले चिनिँया कम्यनिष्ट पार्टीको निमन्त्रणामा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मङ्गलवार देखि हुन लागेको १५ सदस्यीय टोलीको भ्रमणको सफलताको कामना गरेको छ । कार्तिक २१ देखि हुन लागेको भ्रमण दुई पार्टी बीचको सम्बन्ध सुधार गर्न फलदायी हुने बैठकले विश्वास व्यक्त गरेको छ ।
Share on Twitter