कांग्रेस सांसद पौडेलको एक महिनाको तलब भूकम्प पीडितलाई
काठमाडौं:नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सहयोगको घोषणा गरेका छन् ।
उनले सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब दिने बताएका छन् । ‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ ।

Share on Twitter