सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया,भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका हुन ।
हिजो राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए ।
पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले जानकारी दिए । सहयोग गर्ने यी तिनवटै स्थानिय निकायमा नेपाली काग्रेंसले बिजय हासिल गरेको थियो ।
Share on Twitter