नेपाल प्रहरीमा डाक्टर, नर्ससहित ६१ जनाका लागि दरखास्त आव्हान
काठमाडौंः नेपाल प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।
प्रहरीले स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पतालका लागि भन्दै २८ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर), १३ जना स्टाफ नर्स, ६ जना सीएमए, ५ जना अनमी र ४ जना ल्याब असिस्टेन्ट सहित विभिन्न पदमा गरी कुल ६१ जनाका लागि दरखास्त आव्हान गरेको हो।
Share on Twitter