लगनखेलका अधिकांश मासुपसल मापदण्डविपरित
काठमाडौं:ललितपुरको लगनखेलका अधिकांश मासुपसल मापदण्डविपरित भेटिएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा मासु पसल मापदण्डविपरित संचालनमा रहेको भेटिएको हो ।
बजार अनुगमनमा केही फलफूल तथा जुस पसलपनि मापदण्ड विपरीत चलेको पाईएको छ भने केहीमा म्याद नाघेका जुस भेटिएको बताइएको छ । “लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई रु १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने।
अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी दिए ।
Share on Twitter